नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले २०८० का विशेष चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बडाभोज कार्यक्रमको आयोजना गरेको छ । पार्टीका श्रद्धेय अध्यक्ष क.केपी शर्माओलीज्युको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा पार्टीका बरिष्ट उपाध्यक्ष लगाएत उपाध्यक्षहरु, महासचिव लगाएत उपमहासचिव तथा सचिव कमरेडहरु, पार्टीका विभिन्न आयोगका अध्यक्षहरु, पार्टी स्थायी कमिटी सदस्य, पाोलिटव्युरो सदस्य, जनसंगठनका अध्यक्षहरु लगाएत संगठनका विभिन्न कमिटीका पदाधिकारी तथा सदस्य कमरेडहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथ, वरिष्ठ उपाध्यक्ष, महासचिव एवं संगठन इन्चार्जले शुभकामना मन्तव्य दिनु भएको थियो । संगठनका उपमहासचिव क.मदन के.सी.ले सहजिकरण गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता अध्यक्ष क.विनोद पाण्डेले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष क.रविन्द्र पण्डितले राख्नु भएको थियो । उपाध्यक्ष क. मिठाराम के.सी.को समुहले विविध साँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गर्दै कार्यक्रमलाई सुखद वनाइएको थियो । कार्यक्रममा संगठनका पूर्व इन्चार्जहरुलाई योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
संगठनले आयोजना गरेको चाडवाड लक्षित शुभकामना आदानप्रदान तथा बडाभोज कार्यक्रम-२०८०
सेयर गर्नुहोस्
